भद्रपुर, चैत २६ । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले बहुदलीय प्रजातन्त्र पुनर्स्थापना दिवसको अवसर पारेर विचार गोष्ठी सम्पन्न गरेको छ ।

नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य सुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न भएको हो ।
काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुले बहुदलीय व्यवस्थाले आमूल परिवर्तन ल्याए पनि नागरिकको जीवनस्तर उकास्न सक्ने कार्यक्रम नआएको गुनासो पोखेका थिए ।

सहभागी वक्ताहरूले नेपाली काँग्रेसकै कारण देशमा निरंकुशताको अन्त्य भई प्रजातन्त्र, लोकतन्त्र , संघीय गणतन्त्र र नेपालको शासकीय स्वरूप प्राप्त भएकोमा गौरवको अनुभूति भएको भन्दै जनाधिकारका लागि लडिरहेको पार्टीमाथि चौतर्फी घेराबन्दी बढेकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्