एजेन्सी । सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ ।
सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्। अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए । यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको छ । उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । यसमा लेखिएको थियो, ’सलमान खान अब तिम्रो पालो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै गरी मारिनेछौ । अर्को नम्बर तिम्रो हो । जोधपुर आउ ।’