झापा, चैत २९ । सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान ४ः २० मा मृत्यु भएको हो।

बीपी राजमार्ग हुँदै काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाईस्थित गढी गेटनजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
कार करिब ५०० मिटर तल खसेको थियो। मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। कारमा पाँचजना सवार थिए। अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्