झापा, चैत २९ । झापाको कनकाई नगरपालिका वडा नं.२ जामुनखाडी सिमसारमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

गएराति ८.३० बजे जामुनखाडी सिमसार बस्ने ४० वर्षिय भानु दाहालको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको थियो ।

त्यसक्रममा घरधनी भानु दाहाल, इलाम माई नगरपालिका वडा नं. ८ बस्ने ३९ वर्षिय आशबहादुर लिम्बू र सोही ठाउँ घर बताउने ३२ वर्षिय उमेश राईले टिनको छानामुनि काठको तक्तिमाथि लुकाई राखेको ५ ग्राम ३०० मिलिग्राम ब्र्राउनसुगर , नगद ३४ हजार , ३ थान मोवाईल फेला परेको थियो । उनीहरुसहित आशबहादुर लिम्बूको नाममा रहेको मे.९ प.९२९६ नं.को पल्सर मोटरसाईकल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्