झापा, चैत ३० । मेची भन्सार कार्यालयले बन्द गराएर एसियन हाइवेमा राखेको ढाट गएराति एक सवारीसाधनले भत्काएको छ ।

राति १२.३० बजे मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका चालकले मदिरा सेवन गरी चलाई ल्याएको BR 26 GA 9537 नं.को बोलेरो पिकअप गाडीले बन्द भन्सार गेटलाई ठक्कर दिई भत्काएको हो ।

भत्काएर पश्चिमतर्फ भागेको उक्त बोलेरो पिकअप गाडीलाई ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । गाडी र चालक भारत नयाँ टोल साबनीमा पटना बस्ने अन्दाजी २६ वर्षका जयशंकर कुमारलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेची भन्सार कार्यालयले एसियन हाइवे बन्द गरी त्यसको उत्तरपट्टी चेकजाँचको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्