पा, चैत ३० । कचनकवल गाउँपालिका– ७ बालुवारीस्थित साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक युवराज खत्री १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएका छन् ।

कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् ।

सहायक प्रवन्धक निरुमाया राजवंशीसंग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताइन् । प्रवन्धक खत्री र सहायक प्रवन्धक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेको अध्यक्ष सुब्बाले बताइन् । सहायक प्रवन्धक राजवंशीलाई संस्थाले निलम्बन गरिसकेको छ । उनलाई निगरानीमा राखिएको छ । संस्थाको हरहिसाव हेर्ने काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिइन् । सो संस्थामा ६६४ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्