झापा, चैत ३० । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।

बिहीवार बिहान १०.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरु मेचीनगर नगरपालिका वडा नं.८ बस्ने २७ वर्षिय अजय मेचे र सोही ठाउँ बस्ने २८ वर्षिय श्यामबहादुर दर्जीलाई शंका लागेर चेकजाँच गर्दा मेचेको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्