भद्रपुर, बैशाख १ । झापा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा युवा उद्यमी खड्गबहादुर लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान बरिष्ठ उपाध्यक्षसमेत रहेका लिम्बूले झापाली उद्योगी व्यापारीको पक्षमा दशकयता निरन्तर काम गरिरहेको दावी गर्दै नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
भद्रपुर २ पृथ्वीनगर घर भएका लिम्बू सामाजिक रूपान्तरण र व्यावसायिक हितका लागि निरन्तर काम गरेका व्यक्ति हुन् ।

एक कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल बरिष्ठ उपाध्यक्ष रहिसकेका लिम्बूले व्यवसायी मतदाताले विश्वास गरे कुशल नेतृत्व प्रदान गर्दै झापा उद्योग वाणिज्य संघलाई देशभरि चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघको निर्वाचन बैशाख २८ गतेका लागि तय गरिएको छ भने साधारणसभा बैशाख १४ गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्