झापा, बैशाख २ । इलाम महोत्सवमा हिजो साँझ भागाभाग हुँदा घाइते हुनेको संख्या १८ पुगेको छ ।


महोत्सवमा हिजो साँझ गायक प्रमोद खरेलको कन्सर्ट हेर्नका लागि अत्यधिक भीड भएका बेला भागाभाग भएको हो । राति साढे ८ बजेतिर कन्सर्ट हेर्नका लागि छिर्नेक्रममा गेटमा च्यापिएर १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यसमध्ये गंभीर अबस्थाका ६ जनालाई झापातर्फ ल्याइएको छ । ५ जनाको बिएण्डसि हस्पिटल र एकजनाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्