झापा, बैशाख २ । आदिवासी राजवंशीहरुले आज काद सिरुवा मनाएका छन् ।
उनीहरुको महान पर्व सिरुवाअन्तर्गत दोस्रो दिन काद(हिलो) को होली खेलेर काद सिरुवा मनाएका हुन् । पहिलो दिन बैशाख १ गते उनीहरुले एकअर्कालाई पानी छ्यापाछाप गरेर जल सिरुवा मनाएका थिए । भोलि अन्तिम दिन रंगहरुको होली रंग सिरुवा मनाउँदैछन् । आजै राजवंशी महिलाहरुले जलाशयमा गएर घाटोसरी देवीको पूजा गरेका छन् ।