एजेन्सी । फ्रान्सका काइलियन एमबाप्पेले लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

शनिबार राति सम्पन्न खेलमा पीएसजीले लेन्सलाई ३-१ ले हराउँदा एक गोल गरेका एमबाप्पे लिग वानको उच्च गोलकर्ता बनेका हुन् । यो गोलसँगै एमबाप्पेले लिग वानमा गरेको गोल संख्यालाई १३९ पुुर्‍याएका छन् । एमबाप्पेले यसअघि पीएसजीकै पूर्वफरवार्ड एडिन्सन काभानीको नाममा रहेको १३८ गोलको कीर्तिमान तोडेका हुन् । यसअघि मार्चको सुरुआत एमबाप्पेले काभानीकै नाममा रहेको पीएसजीको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका थिए । एमबाप्पले त्यसबेला काभानीको नाममा रहेको २०० गोलको कीर्तिमान तोड्दै पीएसजीबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा आफ्नो नाम लेखाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्