एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएको छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए । ३ सय एकड भन्दा ठूलो मैदानमा मानिसहरु खचाखच भरिएका थिए । खुला आकाशमुनि आयोजित समारोहमा लामो समय घाममा बस्दा मानिसहरुमा स्वास्थ्य समस्या उत्पन्न भएको जनाइएको छ । सोही समारोहमा गृहमन्त्री शाहले अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्