झापा, बैशाख ४ । पर्याप्त शो नदिएको भन्दै निर्माण पक्षले नेपाली चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिएको छ ।

गएको शुक्रबारदेखि उक्त सिनेमा प्रदर्शनमा छ । सोमबारदेखि ‘बुलाकी’को प्रदर्शन रोक्ने निणर्य गरिएको थियो । चलचित्र हल सञ्चालकले आवश्यक मात्रामा शो नदिएका कारण प्रदर्शन रोक्ने निणर्य गरिएको निर्देशक लक्ष्मण सुनारले बताए । उनका अनुसार आजदेखि उक्त चलचित्र प्रदर्शन गरिने छैन । “हामीले प्रदर्शन रोक्ने निणर्य गरेका छौँ,” उनले भने, “पछि पुनः रिलिज गर्ने वा प्रोजेक्टरमार्फत देखाउने भन्ने निणर्य गर्न बाँकी छ ।” ‘बुलाकी’का निर्माता टोपेन्द्र विष्ट हुन् । सिनेमामा सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ । यसअघि, चलचित्र ‘राधा’ निर्माण पक्षले पनि दोस्रो दिनमै प्रदर्शन रोकेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्