बिर्तामोड , बैशाख ४ । बिर्तामोडका युवा व्यवसायी तथा उनकी श्रीमती संगिता चिमरियाले वैवाहिक बर्षगांठको अवसरमा अपांगता भएका एक ब्यक्तिलाई सहयोग गरेका छन् ।

चिमरिया दम्पत्तीले आफ्नो २५ औं विवाह वर्षगाँठको अवसर पारी सोमबार मेचीनगर– १२ स्थित सहरेडाँगीका सवारी दुर्घटनामा परी अपांगता भएका प्रेम वर्देवालाई सहयोग गरेका हुन् ।
चिमरिया दम्पत्तीले उनको घरमै पुगेर खाद्यान्न तथा नगद सहयोग गरेका हुन् ।

चिमरिया नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीका संयोजकलगायत बिभिन्न संघसंस्थामा आबद्ध छन् ।
त्यस्तै उनकी श्रीमती संगिता वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष तथा नेपाल महिला चेम्बर बिर्तामोडकी नगर अध्यक्ष हुन् । सवारी दुर्घटनामा परी घाइते भएका वर्देवाको आर्थिक अवस्था अत्यन्त नाजुक भएको र खान लाउन नै समस्या भएको देखेर सहयोग गरेको चिमरिया दम्पत्तीले बताए ।

२०७५ साल असार २६ मा पाँचथरमा ट्याक्सी दुर्घटनामा परी घाइते बनेका वर्देवाको शरीरको कम्मरमुनिको भाग चल्दैन । तत्कालीन अवस्थामा बिएण्डसी अस्पतालमा झण्डै अढाई महिना उपचार गरेर घर गएका वर्देवा पूर्ण रुपमा निको हुन सकेनन् । त्यतिबेला पनि चिमरिया दम्पत्तीले वर्देवाको उपचारमा सहयोग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्