झापा , बैशाख ५ । मोरङबाट लागूऔषध ब्राउनसुगरको कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका-३ केर्खाली चोकमा लागू औषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ परेका हुन । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय विश्वास धिमाल , आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन् । लागूऔषध कारोबार गरिरहेको अवस्थामा तीनैजनालाई सोमवार राति पक्राउ गरिएको हो । पक्राउ परेकाबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ । उनीहरु माथि थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्