झापा , बैशाख ५ । पछिल्लो समय कोरोना संक्रमणदर पुनः बढ्दै गएको छ ।

कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या समेत थपिँदै छ । कोरोनाबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ । कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले अनुरोध गर्दै आएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने तीन महत्वपूर्ण कारणबारे जानकारी गराएको छ । मन्त्रालयका अनुसार कोभिड-१९ बाट बिरामी हुने जोखिम कम गर्न, कोभिड-१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्छ । कोभिड-१९ विरुद्धको खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिई आवश्यकताअनुसार पहिलो, दोस्रो वा ‘बुस्टर’ मात्रा खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्