झापा, बैशाख ६ ।झापामा लागूऔषध मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ (साविक मधुमल्ला गा.बि.स.७)हाल उर्लाबारी नगरपालिका वडा नं.१ बस्ने २८ वर्षिय उत्तम वि.क.(कामी) भन्ने रुद्र विश्वकर्मा रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७८ असार ३१ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा विश्वकर्मालाई ५ बर्ष कैद, र ५हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङसंग समन्वय गरी सोमवार पक्राउ गरेको हो । मंगलवार जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।