झापा , बैशाख ६ । उदयपुरको चौदण्दीगढी नगरपालिका-९ हडियामा वेवारिसे काठ बरामद भएको छ ।

स्थानीय देवीस्थान सामुदायिक वन क्षेत्रभित्र करिब एक सय क्यूफिट सालको काठ बरामद भएको हो । साजबोटे-डुङ्गा हुँदै लाल्भित्ते जोड्ने सडकको सीमा क्षेत्रमा हरियो रुख ढालेर चिरान गर्न लागेको अवस्थामा काठ बरामद भएको डिभिजनल वन अधिकृत डाक्टर इन्द्रप्रसाद सापकोटाले बताए । विनाअनुमति हरिया रुख कटान गरेर छोडेको भन्ने खबर पाएलगत्तै डिभिजन वन कार्यालय गाईघाटबाट गएको टोलीले काठ बरामद गरेको उनले बताए । सापकोटाले भने,‘अनुसन्धान सुरु गरेका छौं । रुख कटानमा संलग्न जो भएपनि वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा कारबाही गर्छौं । रातको समयमा स्थानीयको मिलेमत्तोमा ठाडो रुख ढालेर छोडेको हुनसक्ने सव डिभिजन वन कार्यालय हडियाका सहायक वन अधिकृत बिरेन्द्र यादवले बताए । यादवका अनुसार उक्त रुखले सडक विस्तारका क्रममा अवरोध पुर्‍याएकाले स्थानीयले ढालेको हुनसक्छ । रुख कटानका लागि मन्त्रिपरिषदकै निणर्य चाहिने भएपछि स्थानीयले सडक विस्तारको अवरोध खोल्न सकेका थिएनन् । कोसी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरेकाले रुखको अवरोध खोल्न स्थानीयको मिलेमत्तोमा काटिएको हुनसक्ने यादवले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्