एजेन्सी । भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले यसै वर्ष सन् २०२३ को जुनसम्म थप पैसा तिरेर पासवर्ड सेयर गर्न मिल्ने फिचर ल्याउने भएको छ ।

सन् २०२३ को पहिलो त्रैमासिकमा कम्पनीका प्रयोगकर्ताको संख्या २३ करोड २५ लाख पुगेको छ । यसबाट महामारीपछि सब्सक्राइबर गुमाउन थालेको नेटफ्लिक्समा सकारात्मक ट्रेण्ड देखिएको छ । कम्पनीले आफ्नो विज्ञापन राखिएको संस्करणले पनि राम्रो नतिजा ल्याइरहेको जनाएको छ । यसका साथै त्रैमासिक रुपमा कम्पनीले १.३ अर्ब नाफा कमाएको जनाएको छ । कम्पनीले अझैं राम्रो अनुभव प्रदान गर्ने किसिमले सार्वजनिक गर्ने भन्दा पासवर्ड सेयर गर्न मिल्ने फिचरलाई अझैं समय लगाएर सार्वजनिक गर्ने भएको हो । यस्तै, आउँदो सेप्टेम्बर २९ मा अन्तिम डीभीडी डेलिभर गर्दै कम्पनीले आफ्नो सुरुआती व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । २५ वर्षको अविश्वसनीय यात्रापछि यस वर्षको अन्त्यमा डीभीडीडटकम बन्द गर्ने भएको कम्पनीले ब्लगपोस्टमार्फत जनाएको छ । सन् १९९९ मा नेटफ्लिक्सको डीभीडीडटकम वेबसाइटमा कुनै पनि व्यक्तिले चाहेको फिल्म वा सिरिजको डीभीडी अर्डर गरेपछि कम्पनीले डीभीडी हुलाकबाट पठाउने गरी सेवा सुरु गरेको थियो । सन् २००७ देखि यसले अनलाइनमै भिडियो स्ट्रिमिङ सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्