झापा,बैशाख ६ । कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ ले संरक्षित पुँजी कोष फिर्ताबाट १ करोड ५४ लाख ९९ हजार ९८० रुपैयाँ शेयर सदस्यहरुलाई वितरण गरेको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा असल कारोवार गर्ने १९ हजार ८७८ जना शेयर सदस्यहरुलाई सहकारीले संरक्षित पुँजी कोष फिर्ताबाट रकम वितरण गरेको हो ।

१५ हजारभन्दा बढी रकम पाउने ४२ जना शेयर सदस्यहरुलाई सहकारीले बुधवार एक कार्यक्रमका बीच सम्मान गरेको छ । १५ हजारभन्दा बढी रकम पाएर सम्मानित हुनेहरुमा एकराज विष्ट १ लाख २४ हजार २८४, कुमार शाक्य ४९ हजार ९२१, भवानीप्रसाद सुवेदी ४४ हजार ५०२ हिमालय प्रकाश लिम्बू ४३ हजार ८९५, खिनामाया न्यौपाने ४१ हजार १९४, देवीमया काफ्ले खतिवडा ३६ हजार २४१, सतिसकुमार अग्रवाल ३५हजार ८३६, रेखादेवी अग्रवाल ३५ हजार ८, सम्झना प्रसाई ३२हजार ७६७ ,पवित्रादेवी बुढाथोकी ३१ हजार ३१४, त्रिलोचन भट्टराई २८ हजार ७९२, मणिकुमार राई २५हजार ३७४, छत्रबहादुर बुढाथोकी २५ हजार ३६८ ,गोपालप्रसाद संग्रौला २३ हजार ८६१, मोहनकुमार श्रेष्ठ २३ हजार ५७१, मिना सुवेदी सिटौला २३ हजार ३६८,उमेश पण्डित २३ हजार २७१ रुपैयाँ रहेका छन् ।

त्यस्तै कल्पनाकुमारी राउत २१हजार ६३७,कल्पना श्रेष्ठ २१ हजार ३१७,रविलाल सापकोटा २०हजार ९८४, चित्रकला पौड्याल २० हजार ८३७, सन्तोषकुमार श्रेष्ठ २० हजार ८१२, रोशन श्रेष्ठ १९ हजार ८५७ डिल्लीराम भट्टराई १९ हजार ३४२ दुर्गाप्रसाद नेपाल १९ हजार २८५ अम्बिका रिजाल घिमिरे १८ हजार ९७६ मिना ढकाल १८ हजार ९५६, मिथलेसकुमार शाह १७ हजार ६२५, केशव शाह १७ हजार ५५२,जिवामाया अधिकारी १७ हजार ४१६, दिलकुमार राजवंशी १७ हजार ३६, अर्जुन कटुवाल १६ हजार ९६९,घनश्याम थापा १६ हजार ७७९, उषा अग्रवाल १६हजार ४१८, दिवा राय १६हजार १६६,डम्बरकुमारी कार्की १५हजार ९६० ,सन्तोस खवास भुजेल १५ हजार ६६१,गणेशप्रसाद पराजुली १५ हजार ५२३, कल्पना बस्नेत १५हजार ५०७, बुद्धकृष्ण चाङ्गसु लिम्बू १५ हजार १७० , पुण्यप्रसाद मैनाली १५ हजार १४० र बिमला पाठक २० हजार ४०८ रुपैयाँ रहेका छन् । उनीहरुलाई संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ ,सचिव भुपाल बस्नेत , कोषाध्यक्ष एकराज विष्ट , सदस्यहरु गणेशप्रसाद पराजुली , जानुका ओली , कुमारीदेवी भट्टराई , लेखा समिति सदस्य निलम प्रधान , शिक्षा समिति सदस्य पदमकुमार श्रेष्ठ , निमित्त कार्यकारी प्रमुख चितानन्द सुवेदीलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष श्रेष्ठले आर्थिक तरलताको अभावमा पनि कर्णाली साकोसको कारोबार नघटेको बताए । उनले ठूलो लगानीमा कडाई गरिएपनि साना लगानीहरु संचालन भइरहेको जानकारी दिए । सहकारीको वर्तमान वित्तीय विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले चैत मसान्तसम्म शेयर पुँजी ४७ करोड २१ लाख ,५५ हजार ३००, बचत २ अर्ब ९ करोड ३९ लाख ९८ हजार ४२५,लगानी रहिरहेको रकम ३ अर्ब ७५ करोड ९० लाख ६० हजार ६३०, जगेडा तथा अन्य कोष १७ करोड १४ लाख ४५ हजार ७७२, अन्य दायित्वहरु १६ करोड ९३ लाख ७८हजार ५१०, कर्जा सुरक्षण कोष ६ करोड ४६ लाख ४५ हजार ५९६, कर्जा जोखिम व्यवस्था कोष ६ करोड ९६ लाख ६९ हजार ३,बाह्य कर्जा १ अर्ब १२ करोड ९७ लाख ८१ हजार २५३,स्थिर सम्पत्ति १४ करोड २२ लाख १२ हजार ५०,वासलात ४ अर्ब २२ करोड ५० लाख ७७ हजार ३३५,मुनाफा ५ करोड ५ लाख ३६ हजार ५५८ रुपैयाँ रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्