विर्तामोड,बैशाख ६ । नेपाल विद्यार्थी संघ झापाले आफ्नो ५४ औं स्थापना दिवसको अवसर पारेर शहीद राजन गिरीको स्मृतिसभा एवं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेविसंघको स्थापना दिवस तथा शहीद राजन गिरीको १७ औं स्मृति दिवसको सन्दर्भ पारेर कनकाई–८ स्थित शहीद राजन गिरीको शालिकमा माल्यार्पण गर्दै स्मृतिसभा सम्पन्न गरेको हो ।

शहीद राजन गिरी प्रतिष्ठानका अध्यक्ष लीलाबहादुर कटुवालको सभापतित्व तथा शहीद पिता राजन गिरीका पिता केदार समशेर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रन्जिता कार्की, जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, कनकाई नगर सभापति दुर्गा प्रसाईं, नेविसंघ झापा अध्यक्ष संजय निरौला लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन गोकुल पौडेलले गरेका थिए ।

त्यस्तै आफ्नो स्थापना दिवसको अवसर पारेर नेविसंघ झापाले नेपाली कांग्रेस झापाको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्य र सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, उपाध्यक्ष गिरिराज भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य विष्णु सुब्बा, झापा सहसचिव अर्जुन राजवंशी, केन्द्रीय प्रतिनिधि ईश्वर अधिकारी, नेविसंघ झापाका पूर्व सभापति राजेन्द्र उप्रेतीलगायतको उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । कार्यक्रममा स्वागत सञ्जय राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्