दमक ,बैशाख ७ । दमकस्थित ओम मेची अस्पतालले मृत्यु भएकी सुत्केरी रुबी साहको परिवारलाई क्षतिपूर्ति दिएको छ ।

अस्पताल ल्याइएकी दमककी ३० वर्षीया साहको मृत्यु भएसँंगै ओम मेची अस्पताल बुधवार तनावग्रस्त बनेको थियो ।

अस्पताल संचालकहरुले क्षतिपूर्ति दिएर विवाद मिलाएको प्रहरीले जनाएको छ ।‘ अस्पताल संचालकहरुलेमृतक परिवारलाई दिएको रकम खुलाएका छैनन् ’ जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले भने,‘आपसी सहमतिमा १०–१५ लाख क्षतिपूर्ति दिएको सुनिएको छ ।’ ओम मेची अस्पतालमा रुबीको अबस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो । तर, अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको श्रीमान् मनोज साहले जानकारी दिए ।

गत बैशाख ४ गते अस्पतालमा रुवीले छोरी जन्माएकी थिइन् । रुवीले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी रुबीको मृत्युपछि अस्पतालमा शव राखेर आफन्तले प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनका कारण अस्पताल केहीबेर तनावग्रस्त बनेको थियो । रुबीलाई दमकको सरकारी अस्पताल दमक अस्पतालले उपचार प्रक्रिया नै नथाली ओम मेचीमा रेफर गरेको थियो । निजी अस्पताल ओम मेचीका सञ्चालक दमकका मेयर रामकुमार थापा पनि छन् । उनी दमकको सरकारी अस्पताल दमक अस्पतालका सञ्चालक समिति अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्