झापा , बैशाख ७ । सरकारद्वारा प्रस्तावित संघीय निजामती सेवा विधेयक कर्मचारीमैत्री हुन नसकेको र कर्मचारीको हक अधिकार सुनिश्चित गर्न नसकेको भन्दै देशभरका ६० हजार बढी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सिंहदबार प्रवेश निषेधलगायतका कार्यक्रम घोषणा गरेका छन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीको हक अधिकार खोस्ने गरी कानुन ल्याउन लागिएको भन्दै ६० हजारभन्दा बढी कर्मचारी आन्दोलित भएका हुन् । हाल निजामती सेवामा कार्यालय सहयोगीदेखि उपसचिवस्तरका गरी ६० हजार बढी कर्मचारी छन् । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, मधेसी दल तथा प्रमुख प्रतिपक्षी एमालेसम्बद्ध कर्मचारीका ट्रेड युनियनले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै सरकारलाई १२ दिने अल्टिमेटम दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्