झापा , बैशाख ८ । वैदेशिक रोजगार ठगी मुद्धामा फरार एक प्रतिवादी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका वडा नं.४ बस्ने ४१ वर्षिय पूणर्कुमार दाहाल रहेका छन् । भद्रपुर नगरपालिका वडा नं.५ मा लुकिछिपि हिडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगार ठगी मुद्धामा बिरेन्द्रलाल श्रेष्ठले उनीमाथि जाहेरी दिएका थिए ।

दाहाललाई आवश्यक कार्वाहीको लागि आज वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्