झापा , बैशाख ९ । इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज देशभर मनाइँदै छ ।

इदुलफित्र मुस्लिम समुदायका धर्मालम्बीहरू एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रूपमासमेत लिने गर्छन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो । रमदान अर्थात् रमजान महिना सकिएको खुसीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइन्छ । हिजरी संवत्को रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्