झापा , बैशाख ९ । कोशी प्रदेशमा पहिलो पटक निजी क्षेत्रको लगानीमा उत्पादित ६.८ मेगावाटको सैर्य विद्युत राष्ट्रिय प्रशासरण लाइनमा जोडिएको छ ।

चैत १४ गतेदेखि औद्योगितक करिडोरसमेत रहेको बुढिगंगा गाउँपालिका मोरङमा जिआई सोलारद्वावार निर्माण गरिएको आयोजनाबाट उत्पादन हुने विद्युत १५ दिनको परीक्षणपछि चैत ३० गतेदेखि व्यापारिक उत्पादनमा परिणत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत तीन किलोमिटरको दूरमिा रहेको नेपाली विद्युत प्राधिकरणको बाँबबारी विराटनगर मल्टिफ्युल सवस्टेशनमा जोडिएको आयोजनाले जनाएको छ । सवस्टेशनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन स्थानीयको सरक्षालाई ध्यानमा राखेर डबल सर्किट अन्डरग्राउन्ड गरी कम्पनी आफैंले निर्माण गरेको हो । कृषिलाई असर नपर्ने गरी आधुनिक प्रविधिबाट निर्माण गरिएको आयोजनाले मनमोहन टेक्निकल युनिभर्सिटी, धरान प्राविधिक कलेजलगायतमा अध्ययनरत विद्यार्थीका लागि अध्ययन केन्द्र तथा प्रयोगशालामा समेत हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्