झापा , बैशाख ९ । खोटाङमा गाडीबाट खसेर शुक्रबार राति एकजनाको मृत्यु भएको छ ।

दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेर जन्तेढुङ्गा-३ का ३८ वर्षीय दिनेश राईको मृत्यु भएको हो । राति खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले बताए।



