झापा, बैशाख १० ।नारायण गोपाल स्मृति प्रतिष्ठान बिर्तामोड ३ झापाको अध्यक्षमा पुनः मोहन शिवाकोटी चयन भएका छन् ।

प्रतिष्ठानको दोस्रो अधिवेशन तथा आठौ वार्षिक साधारणसभाले शिवाकोटीको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरेको हो । जसको उपाध्यक्षमा नारायण शिवाकोटी , सचिव रुद्र सिटौला ,उपसचिव टिका अधिकारी र कोषाध्यक्षमा जानुका थापा मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा भिमा शिवाकोटी , राजु चाम्लिङ, टिका भट्टराई नेपाल, कोसिस घिमिरे ,निरोज सिटौला र गोपाल सिटौला रहेका छन् ।

मोहन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई साहित्यकार तथा अक्षयकोषदाता अनिरुद्र ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्य रहेको थियो । प्रमुख सल्लाहकार गणेश ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रुद्र सिटौलाले गरेका थिए । कार्यक्रममा अध्यक्ष शिवाकोटीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्