झापा, बैशाख १० । झापा गौरादहकी एक बालिकाको बलात्कारको मुद्धा गाउँमै मिलाउन दवाव आएपछि मानव अधिकार झापा संजालको टोलीले अनुगमन गरेको छ ।

आफूलाई अन्दाजी २४ वर्षिय प्रशान्त भट्टराईले डर तथा धम्की दिई पटक–पटक बलात्कार गरेको पीडित ६ वर्षिया बालिकाले बताएकी छिन् । अर्काको जग्गामा अधिया गरि बसेका सो परिवारलाई सामान्य पैसाको लेनदेन गरि मिलाउन धेरै पटक दवाव दिएको बुझिएको छ ।आरोपितका आफन्त ठूलो बुवाले समेत मेलमिलाप गर्न धेरै पटक दवाव दिएको पीडित बालिकाकी आमाले बताइन् ।सुरुमा पीडित बालिकाको परिवार उजुरी गर्न वडा कार्यालय गएका थिए । त्यसपछि नजिकको प्रहरी कार्यालयपश्चात् इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका थिए । जाहेरी परेकै दिन प्रादेशिक अस्पतालमा घाउ जाँचको लागि प्रहरीले लगेको थियो । पीडित परिवारले घटना भएको भोलिपल्ट चैत्र २६ गते किटानी जाहेरी दिएका हुन् ।

अनुगमनमा मानव अधिकारकर्मीको टोली जाँदा बालिका अझै डराउने गरेको, बालिकाको परिवार समेत उक्त स्थानबाट पलायन परिन्छ कि भन्ने डरमा रहेको पाइएको मानव अधिकार संजालका सहसचिव दीपक दासले बताए । अनुगमनमा प्रा.डा. रुपक खनाल ,दीपक दास ,कुमार चुडाल र मिरा भट्टराई संलग्न रहेका थिए । अनुगमन टोलीले स्थानीय प्रहरी चौकीका प्रमुखलाई समेत भेट गरी सो घटनाको जानकारी लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्