झापा , बैशाख ११ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।निर्वाचन आयोगका अनुसार आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा रास्वपाका वाग्ले अगाडि छन् । 

वाग्लेले ५०१९ मत ल्याउँदा भट्टराईले २३५१मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत प्राप्त गरेका छन् । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ–१ मा करिब ५२ प्रतिशत मत खसेको छ ।विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ–१ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
बारा–२ र चितवन–२ मा भने आज बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्