दमक, बैशाख ११ । दमकको एड्भान्स अस्पतालमा भएको विवाद पनि क्षतिपूर्ति दिने सहमतिमै टुंगिएको छ ।

गएराति ८.२० बजे इलाका प्रहरी कार्यालयमा सम्पन्न अस्पताल प्रशासन र पीडित पक्षबीचको छलफलमा अस्पताल प्रशासनले पीडित पक्षलाई आर्थिक सहयोग गर्ने सहमति भएको हो । कति आर्थिक सहयोग गर्ने भन्ने प्रहरीले खुलाएको छैन । अस्पताल प्रशासनले आर्थिक सहयोग गर्ने भएपछि कुनै पनि विरोधका कार्यक्रम नगर्ने पीडित पक्षले सहमति जनाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

साँझ ५.२६ बजे शुरु भएको छलफल करिव ३ घण्टा चलेको थियो । यसअघि दमकका दुईवटा अस्पतालमा भएको विवाद पनि क्षतिपूर्तिमै सहमति भएको थियो । हिजो दिउँसो १.४५ बजे दमक नगरपालिका– ५ रातो पुल बस्ने ५० वर्षिया दुर्गादेवी शर्माले बमिटिङ गरेपछि उनलाई दमक १ स्थित एड्भान्स अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको २.४० बजे मृत्यु भएको थियो । सोहि बिषयलाई लिएर मृतकका आफन्तहरुले डाक्टरको लापर्बाहीको कारण मृत्यु भएको भन्दै विवाद गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्