झापा, बैशाख १२ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

कुल ७८ हजार २७७ मत खसेको चितवन-२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ९ हजार १६५ मत आएको छ । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले आठ हजार ८७७ मत ल्याएका छन् । मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्