झापा , बैशाख १२ । सरकारले चलचित्र ‘काँडेतार’ प्रदर्शनमा गर्न रोक लगाएको छ ।

सामना फिल्मस् प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘काँडेतार’लाई सोमबार सेन्सर बोर्डले प्रदर्शन नगर्न भनेको हो । खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यमा सेन्सर बोर्डले आपत्ति जनाएको हो । “थप छलफल गर्नु पर्छ भन्दै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएन” निर्माता तथा कलाकारसमेत रहेका निर्देशक नवल खड्काले भने । सेन्सर बोर्डसँगको अनौपचारिक तथा औचारिक कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने अडान आफूले राखेको खड्काले जानकारी दिए । “सरकारले जनताको देशभक्तिपूणर् भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने मैले अपेक्षा गरेको छु,” निर्देशक खड्काले भने, “नदिएको खण्डमा न्यायका लागि अदालत जानेछौँ । यसमा जनता तथा दर्शकको साथ सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ ।”

उनले कुनै पनि दृश्य वा सम्वाद नकाटी चलचित्र दर्शकसामु पुर्याउने उनले प्रतिबद्धता जनाएका छन् । खड्काले अधिकांश चलचित्र देशभक्तिपूणर् र परिवर्तनका लागि बनाउँदै आएका छन् । शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको ‘काँडेतार’ चलचित्रका निर्माता माकिको राई र अन्जु केसी छन् । कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । श्री श्रेष्ठ को द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे)को सम्पादन रहेको छ । कलाकारमा नवलसँगै गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादवलगायत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्