झापा, बैशाख १२ ।झापाको कन्काई सिँचाई आयोजनाको नहरमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ७ बस्ने ७७ वर्षिय जुल्फे राई रहेका छन् । हिजो साँझ ५ बजेको समयमा शिवसताक्षी ६ धौले चोकस्थित कन्काई सिंचाई आयोजनाको नहरमा चौकीदारले साईफनको जाली सफा गर्ने क्रममा शव फेला परेको थियो । तत्काल नाम थर वतन नखुलेको शवको पहिचान आज मात्र भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्