झापा , बैशाख १३ । झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका-२ निवासी पवन सुवेदीकीअढाई वर्षीया छोरी चिन्दल सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कमल- २ स्थित भुत्लुङमा मङ्गलवार बेलुका साढे ४ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कुल बसले बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो । बस र बसका चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्