झापा, बैशाख १३ । विराटनगरमा मालवाहक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले कन्चनबारी चोक नजिक आज बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्