झापा , बैशाख १३ । पाँचथरको याङवरक गाउँपालिका-६ टाहारीकी एक महिला बंगुरको खोरमा मृत अवस्थामा भेटिएकी छन् ।

मृत्यु हुनेमा स्थानीय शुक्रवीर बेघाकी श्रीमती इन्द्रकुमारी बेघा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव मंगलबार अपराह्न घर नजिकै रहेको बंगुरको खोरमा घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्