बिर्तामोड, बैशाख १४ । अभावमा रहेका बिर्तामोड ३ र १० का विपन्न मुसहरहरुलाई वीरता जेसीजले बिहीवार झुल वितरण गरेको छ ।

विपन्नताका कारण समस्या झेलिरहेका बिर्तामोड ३ र १० का ३० घर मुसहरहरुलाई वीरता जेसीजले घरमै पुगेर झुल वितरण गरेको हो । बिर्तामोड ३ स्थित मुसहर बस्तीमा आयोजित कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकी , वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी,कार्यक्रम संयोजक अजय अधिकारी , सामाजिक अभियन्ता गणेश ढुंगाना , समाजसेवी रामेश्वर मण्डललगायतले सचेतना कार्यक्रमसहित झुल वितरण गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसीज आस्था वाचन नवराज अधिकारीले गरेका थिए ।कार्यक्रममा बोल्दै वडाध्यक्ष बुढाथोकी , जेसीज अध्यक्ष चौधरी , पत्रकार इन्द्रसिंह राजवंशीले विभिन्न समस्यामा रहेका विपन्न मुसहरहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम आबश्यक भएको बताएका थिए । उनीहरुले अब केही दिनमा मुसहर बालबालिकालाई पठनपाठनमा सहयोग गर्नेगरी शैक्षिक सामग्री वितरण गर्ने जानकारी दिए ।कार्यक्रमको संचालन बसन्त ढकालले गरेका थिए । लामखुट्टेबाट प्रभावित मुसहरहरु झुल पाएपछि खुशी देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्