बिर्तामोड, बैशाख १४ । इलाम –झापा मैत्री समाजको चौथो अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

तीन वर्षे कार्यकालको लागि नयाँ समिति चयन गर्न यही बैशाख १६ गते बिर्तामोड –२ स्थित जय श्री ड्रिमल्याण्ड अधिवेशन आयोजना हुने विहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

इलामबाट बसाइँ सराई गरेर झापामा स्थाई बसोबास गर्दै आएका इलामेलीहरूबीच एकता, सदभाव कायम गर्ने उद्देश्यले स्थापना भएको इलाम–झापा मैत्री समाजले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । कोभिडको बेला इलाम जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण, इलामका प्रकाश थापालाई औषधि उपचारमा सहयोगलगायतका सामाजिक कार्यहरू गर्दै आएको मैत्री समाजका अध्यक्ष कमलप्रसाद पौडेलले बताए । इलामबाट झापामा बसाइँ सरी आउनेको संख्या अनुमानित ५० हजार रहेको छ । मैत्री समाजमा ५ सय जनाले सदस्यता लिइसकेको मैत्री समाजकी उपाध्यक्ष देविका निरौला बस्नेतले बताइन् । समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महासचिव अच्युत दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्