झापा, बैशाख १५ । बाजुरा केन्द्रबिन्दु भएर गएराति ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का बाजुरासहित आसपासका विभिन्न जिल्लामा महसुस गरिएको थियो । बाजुरा केन्द्रबिन्दु भएर त्यसअघि हिजो नै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्