झापा, बैशाख १५ । कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ को आयोजना तथा विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा शुक्रवार हल्दिवारीमा स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हल्दिबारी १ गोलधापको स्वास्थ्य चौकीमा संचालित शिविरमा हल्दिबारी गाउँपालिकाका १५० भन्दा बढी महिलाहरुले लाभ लिएका छन् । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच गरेको थियो ।

संस्थाका सचिव तथा शिक्षा उप–समितिका संयोजक भुपाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले गरेका थिए । विशिष्ठ अतिथिका रुपमा गोलधाप स्वास्थ्य चौकीका प्रमुख यामप्रसाद न्यौपाने रहेको कार्यक्रममा संस्थाका संचालक समिति सदस्य गणेशप्रसाद पराजुली, शिक्षा उप–समिति सदस्य दिलकेशर थापाका साथै संस्थाका विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै हल्दिबारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देन, हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापा,विराट मेडिकल कलेजका मार्केटिङ इन्चार्ज अपिल राई, गोलधाप प्रहरी चौकीका इन्चार्ज विरेन्द्र यादवको पनि आतिथ्य रहेको थियो । संस्थाका कोषाध्यक्ष एकराज विष्टले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक भूपाल बस्नेतले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्