झापा, बैशाख १६ । झापामा लागूऔषध मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.१० बस्ने ३१ वर्षिय शिवकुमार सोरेन रहेका छन् ।झापा जिल्ला अदालतको २०७१ चैत १९ गतेको फैसला अनुसार लागूऔषध मुद्धामा उनलाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका सोरेनलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्