बिर्तामोड, बैशाख १६ । इलाम –झापा मैत्री समाजको अध्यक्षमा तिलोतमा खत्री चयन भएकी छन् ।

समाजको आज बिर्तामोडमा भएको चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षहरुमा इश्वरा श्रेष्ठ , नरेश कर्माचार्य , महासचिव दिनेश भट्टराई , सचिव सागर रिजाल र कोषाध्यक्षमा सीता मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा लोकप्रसाद चापागाँई , कविता अधिकारी पौडेल , दुर्गादेवी अधिकारी पौडेल , सुरेन्द्र पौडेल , तुलसा खतिवडा , तुलाराम निरौला , गोपाल कार्की ( नेत्रबहादुर) , संगीता गिरी ,रेशबहादुर बस्नेत , चन्द्रबहादुर तिवारी र गोपालचन्द्र दाहाल चयन भएका छन् ।

समाजका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा भएको अधिवेशनको शिक्षासेवी जयनारायण ढुंगानाले उद्घाटन गरेका थिए । कार्यक्रममा इलाम–झापा मैत्री समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद खड्गी , पाँचथर –झापा सरोकार समाजका अध्यक्ष मोहन अधिकारी , ताप्लेजुङ–झापा सरोकार समाजका सहसचिव डी. आर. कडरिया , समाजका बुद्धशान्ति अध्यक्ष डिल्ली नेपाल , पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई , पूर्व पत्रकार कृष्ण हुमागाँईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष पौडेलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गजेन्द्रबहादुर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष देविका निरौला बस्नेतले स्वागत गरेको कार्यक्रमको संचालन महसचिव अच्युत दाहालले गरेका थिए । इलामबाट बसाइँ सराई गरेर झापामा स्थाई बसोबास गर्दै आएका इलामेलीहरूबीच एकता, सदभाव कायम गर्ने उद्देश्यले सो संस्था स्थापना गरेको जनाइएको छ । इलामबाट झापामा बसाइँ सरी आउनेको संख्या ५० हजार रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्