बिर्तामोड, बैशाख १६ । गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड– ५ ले संस्थापक अध्यक्ष स्वर्गीय काशीलाल चौधरीको आठौं स्मृति दिवस मनाएको छ ।

ज्येष्ठ नागरिक मंचलाई सहयोग ,बृद्धबृद्धालाई फलफूल वितरण र सम्मान गरी सहकारीले शनिवार स्मृति दिवस मनाएको हो । सहकारीले ज्येष्ठ नागरिक मंचलाई चार थान कुर्सी सहयोग गरेको थियो ।

सहकारीका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका सल्लाहकारहरु कपिलमणि शिवाकोटी , इन्द्रसिंह राजवंशी ,ज्येष्ठ नागरिक मंचका अध्यक्ष डम्बर विमली , सहसचिव कृष्ण बराल , जात्रुवारी संगीत टोलका अध्यक्ष घनश्याम गिरी , जात्रुवारी नमूना टोलका अध्यक्ष जनार्दन बाँस्कोटालगायतले बोल्दै स्व. काशीलाल चौधरीले पुर्याएको योगदान अविस्मरणीय रहेको र रहिरहने बताए । उनीहरुले गौरवशाली साकोसले सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सहकारीकी सदस्य दमन्ता दाहालले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव रुपा राजवंशीले गरेकी थिइन् । स्व. चौधरीको स्मृति दिवसमा सहकारीले रक्तदान , विद्यार्थीहरुलाई न्यानो लुगा वितरणजस्ता सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष लवकुमार चौधरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्