बिर्तामोड,बैशाख १७ । वीरता जेसीजले बिर्तामोड ४ स्थित फाल्गुनन्द आश्रमलाई दुई थान पंखा वितरण गरेको छ ।

जेसीजका अर्थ संयोजक दीपक साफीको १३ औं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई सो सहयोग गरिएको हो ।

वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाल्गुनन्द आश्रमका प्रतिनिधि दीपक तामाङलाई सहयोग हस्तान्तरण गरिएको थियो । जेसीज अध्यक्ष चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक दीपक साफीले गरेका थिए भने संचालन विज्ञानराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्