एजेन्सी । लाखौं गीत सुन्न मिल्ने एप स्पोटिफाइका प्रयोगकर्ताको संख्या ५१ करोड ५० लाख नाघेको छ ।

स्पोटिफाइका प्रयोगकर्ताको संख्या पछिल्लो चौमासिकको तुलनामा पाँच प्रतिशत र गत वर्षको यसै अवधिको तुलनामा २२ प्रतिशतले बढेको छ । तर, स्पोटिफाइका शुल्क तिरेर गीत सुन्ने प्रयोगकर्ताको संख्या भने निरन्तर घटेर ४० प्रतिशत पुगेको छ । यसबाट स्पोटिफाइमा पैसा तिर्नुको सट्टा विज्ञापनसहित गीत सुन्नेको संख्या बढी रहेको छ । तर, स्पोटिफाइको एडबाट उठ्ने राजस्व चौमासिकमा २७ प्रतिशतबाट झरेर १७ प्रतिशतमा पुगेको छ । गत वर्षको तुलनामा भने चार प्रतिशतले बढेको छ । कम्पनीले विज्ञापनबाट उठ्ने राजस्व घटेको स्वीकारेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्