झापा, वैशाख १९ । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ ।

बिर्तामोड ९ आदर्शचौक निवासी राजवंशीकी ८७ वर्षीया आमा कलावतीको आज मंगलवार दिउँसो निधन भएको हो । राजवंशीलाई केही समय अघिदेखि स्वासप्रश्वासमा समस्या देखिएको थियो । राजवंशीका श्रीमान कमलसिंहको यसअघि नै निधन भएको छ भने जेठी बुहारी र कान्छी छोरीको समेत यसअघि नै निधन भएको थियो ।

स्व. राजवंशीका पाँच छोरा र एक छोरी रहेका छन् । जसमध्ये साइला छोरा इन्द्रसिंह पत्रकार हुन् । उनी लामो समयदेखि झापामा रहेर पत्रकारिता गरिरहेका छन् ।

स्व. राजवंशीका पाँच छोरा वुहारीमा वेलासिंह – स्व. खेमकुमारी, चन्द्रसिंह –शारदा, इन्द्रसिंह – सकुन, मेघासिंह – सन्ध्या र टेकसिंह– पुष्पा रहेका छन् भने एक छोरी गीता राजवंशी रहेकी छिन् ।
राजवंशीको बुधवार १० बजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्