झापा , बैशाख २० । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ ।

बुधवार बिहान एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साबिक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीणर् र प्रयोगहीन भवनलाई मर्मत तथा स्तरोन्नति गरी भद्रपुर झापा गोल्डकपले कार्यालय स्थापना गरेको अध्यक्ष दीपेश ढकालले जानकारी दिए । दुई कोठे सो भवनमा एउटा बैठक कक्ष र कार्यालय तथा अर्कोमा लेखा शाखा निर्माण गरिएको छ । भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकप अध्यक्ष ढकाल, मुख्य सल्लाहकार टिकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले कार्यालयको विधिवत् उद्घाटन गरेका थिए । गोल्डकपले यही मङ्सिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्ला स्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्दैछ । त्यस्तै, ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत उमेर समूहका खेलाडी छनोटको कार्य भइरहेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्