झापा , बैशाख २० । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उनीमाथि नक्कली शरणार्थी बनाएर अमेरिका लैजान सहयोग पुर्‍याएको आरोप छ । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न अदालतबाट पुर्जी लिएको थियो । यसअघि मंगलबार गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका थिए । पाण्डे गृह सचिव भएका बेला नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसारलाई उनलाई काठमाडौंबाट पक्राउ गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्