झापा, बैशाख २० । झापाको हल्दीबारीबाट प्रहरीले ६ थान अवैध गोलियाका काठसहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हल्दीबारी गाउँपालिका– ४ स्थित मंगलबारेमा नम्बर प्लेट नभएको ट्रयाक्टरमा सखुवाको गोलिया काठ लोड गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर रोकेको थियो । प्रहरीलाई देख्नासाथ चालक काठसहितको ट्रयाक्टर छाडेर भागेका थिए।

बरामद गरिएको ६ थान सखुवा जातको गोलिया काठसहित ट्रयाक्टर डिभिजन वन कार्यालय झापामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पछिल्लो समयमा जलथल जंगलमा काठ तस्करी मौलाएसँगै प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको डीएसपी रिजालको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्